काठमाडौ, चलचित्र पत्रकार संघको दशौं महाधिबेशनबाट अध्यक्षमा पुन: समीर बलामी निर्वाचित भएका छन्।
काठमाडौंमा शनिबार सम्पन्न उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य (निर्बिरोध), उपाध्यक्ष (महिला)मा दिपज्योती थापा चयन भएका छन्।
यसैगरी महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल, सचिव (समावेशी)मा महम्मद जलिम (निर्बिरोध), कोषध्यक्षमा मनिष अञ्जान, सह-कोषाध्यक्षमा अर्जुन गुरागाईं चयन भएका छन्।
सदस्यहरुमम सुशील नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा), रतन बहादुर चन्द निर्बिरोध चयन भए।
नवनिर्वाचित पदाधिकारीहरुलाई चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रमाणपत्र प्रदान गरे।
उक्त दशौं महाधिवेशन तथा २७औं साधारणसभाको उ्दघाटन कार्यक्रमको प्रमुख आतिथि रहेकी नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले गरेकी हुन्।





प्रतिक्रिया