धरान, लिम्बु पत्रकार संघ जिल्ला कार्य समिति सुनसरीको प्रथम वार्षिक साधारणसभा तथा लिम्बु पत्रकार पुरस्कार घोषणा एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष स्वर्णीमहाङ फोम्बोको अध्यक्षता, किरात याक्थुङ चुम्लुङ केन्द्रिय सदस्य मोहन हुक्पा चोङबाङको प्रमुख आतिथ्यमा आज धरान‐१५ स्थीत चुम्लुङ हिममा आयोजित उक्त कार्यक्रममा संघद्वारा सम्पन्न विभिन्न गतिविधिको सांगठनिक वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत भएको छ।

सांगठनिक प्रतिवेदन संघकी सचिव टिना चोङबाङले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तारादेबि सुब्बाले प्रस्तुत गरे। 

यसैगरी उक्त कार्यक्रममा लिम्बु पत्रकार पुरस्कार स्थापनाको घोषणा भएको छ। दुई विधामा पुरस्कार स्थापना भएको र उक्त पुरस्कार आगामी वर्षबाट प्रदान गरिने घोषणा गरेको हो। 

लिम्बु भाषा लिपीमा समाचार लेखन, प्रकाशन तथा प्रशारण गर्ने दुई जना लिम्बु पत्रकारलाई ‘डिबीकेएफ सेरङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ। उक्त पुरस्कार २ लाख ५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोषको व्याजबाट प्रदान गरिने भएको छ।

यसैगरी लिम्बु भाषा, लिपी, सँस्कार, सँस्कृति, मुन्धुम, इतिहास आदी सम्बन्धी समाचार लेखन, प्रकाशन, प्रशारण गर्ने दुई जना लिम्बु र एक जना गैर लिम्बु पत्रकारलाई ‘लिम्बु पत्रकार पुरस्कार’ प्रदान गरिने भएको छ।

उक्त पुरस्कार १० लाख ७३ हजार ६ सय ४ रुपैया ३३ पैसाको अक्षयकोषको व्याजबाट प्रदान गरिने आयोजक लिम्बु पत्रकार संघ सुनसरीका अध्यक्ष स्वर्णीमहाङ फोम्बोले बताए। 

अध्यक्ष फोम्बोका अनुसार पछिल्लो समय पत्रकारहरु दिनप्रति दिन पलायन हुँदै गएको अवस्थालाई रोक्न र पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले लिम्बु पत्रकार पुरस्कार अक्षयकोषको स्थापना गरिएको हो।

Polish_20260424_195625569उक्त अक्षयकोष स्थापनार्थ एक सुका अभियानमा आर्थिक सहयोग गर्ने दुई जनालाई ताम्रापत्रले सम्मान गरेको छ। यसैगरी १६ जनालाई कदरपत्र र ८९ जनालाई धन्यबाद पत्रले सम्मान गरिएको छ।  

कार्यक्रममा धरान उपमहानगरपालिका वडा नंबर १५ का अध्यक्ष नरेशकुमार ईवारम, समाजसेवी भीमराज सेरेङ, बरिष्ठ पत्रकार हर्ष सुब्बाको विशेष आतिथ्य  रहेको थियो।

यसैगरी नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, फोनिज सुनसरी अध्यक्ष सुनिल चौधरी, शिक्षासेवी डम्बर तुम्बापो, लिम्बू पत्रकार संघ सुनसरीको सल्लाहकारहरु संगीता सुब्बा, भैरब आङ्ला, दिलु वनेम, चन्द्रकुमारी लिम्बू, सुवर्ण नेम्वाङ, प्रेम हुक्पा चोङबाङ, कियाचु सुनसरी अध्यक्ष शिव इस्बो, समाजसेवी ताजुप लिम्बूलगायतको उपस्थीति रहेको थियो।

Polish_20260424_195810260