धरान, याक्थुङ चलचित्रकर्मी संघ नेपालद्वारा धरानमा वहुआयामिक याक्थुङ साँस्कृतिक भवन निर्माण हुने भएको छ।
संघका अध्यक्ष नवीन मेन्याङ्बोले आज धरान-१६ स्थीत संघको भवन निर्माण स्थलमा आयोजित भूमि पुजाको क्रममा चाडैं साँस्कृतिक भवन निर्माण हुने जानकारी गराए।
अध्यक्ष मेन्याङ्बोका अनुसार चलचित्र, नाटक तथा साँगितिक कार्यक्रम प्रदर्शनी गर्ने थिएटर सहित संघको कार्यालय, बैठक कोठा रहने गरि संघको वहुआयामिक भवन निर्माण गरिने भएको हो।
उक्त भवनको डिपिआर तीन दिन भित्र बनेर आउने र त्यसपछि भवन निर्माणको लागि तयारी कार्यहरु सुरु गरिने भएको छ।
धरानमा कलाकारहरुको लागि उपयुक्त थिएटरको अभाव भएकोले संघले बनाउन लागेको र उक्त थिएटर लिम्बूसहित गैर लिम्बू कलाकारहरुले पनि प्रयोग गर्न पाईने भएको छ।
याक्थुङ लिम्बू सँस्कार अनुसार भवन निर्माण स्थलमा आयोजित भूमि पुजामा याक्थुङ चलचित्र कर्मी संघ नेपालका पदाधिकारी, सदस्यहरु तथा अन्य कलाकर्मीहरुको सहभागिता रहेको थियो।




प्रतिक्रिया