धरान, नेपाल पत्रकार महासंघ सुनसरीको १४औँ साधारण सभामा सुनसरीका चार पत्रकार पुरस्कृत भएका छन्।
इटहरीमा बुधबार भएको कार्यक्रममा 'डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार’बाट धरानकी रश्मि प्रधान, प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’बाट इटहरीका विवेक भट्टराई, ‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार’बाट झुम्काका सुनिल चौधरी र ‘चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३’बाट इनरुवाका शशि कोइराला पुरस्कृत भएका छन्।
आयोजक नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको सभापतित्व तथा महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा चार पत्रकारहरु सम्मानित भएका हुन्।
कार्यक्रममा प्रमुख अतिथि शर्माले हालमा प्रेस स्वतन्त्रता संकटग्रस्त भएकोले स्वतन्त्रता प्रेस स्वतन्त्रता बचाउन सबैजना एकजुट हुन आव्हान गरिन्।
उक्त कार्यक्रममा पूर्व अध्यक्षहरु हर्ष सुब्बा, कृष्ण बिनोद लम्साल, आनन्द श्रेष्ठ, कृष्ण अधिकार, अमर खड्का, जनकऋषि राई तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, सदस्य अजुर्न कुलुङ राई, प्रेस चतारी नेपाल कोशीका अध्यक्ष सुमन पुरीलगायतको आतिथ्यता रहेको थियो।



प्रतिक्रिया