धरान, धरानमा 'असार १५ विशेष साँगितिक साँझ-२०८३' सम्पन्न भएको छ।

एच के मेलोडी क्लब धरानले 'असार १५ को अवसर पारेर धरान–२ स्थित एच के मेलोडी क्लब होटल एण्ड रेष्टुरेष्टमा सोमबार साँझ उक्त विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो।

उक्त  साँझमा चर्चित गायिका जुनु प्रसाई र गायक नोगेनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शक तथा श्रोताहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।

उनीहरूको प्रस्तुतिले कार्यक्रम स्थलमा उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो। जुनु र नोगेनको गीत प्रस्तुतिमा दर्शकहरुले छमछमी नाचेर भरपुर साथ दिएका थिए।

Polish_20260630_212819234त्यसैगरी, कलाकार एलिसा लिम्बू र दिपशीखा लिम्बूले आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रममा थप रौनकता थपेका थिए। उनीहरूको नृत्य प्रस्तुति दर्शकहरूले निकै रुचाएका थिए।

असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरिएको उक्त सांगीतिक साँझले कला, संगीत पारखीलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा कलाकर्मी, समाजसेवी, व्यवसायीलगायतका संगीतप्रेमी, दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।