धरान, धरान-२ देशीलाइनका व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन्।

देशीलाइन–मुख्य सडकलाई टु–वे सञ्चालन गर्नुपर्ने, भानुचोकमा पार्किङको व्यवस्था गर्नुपर्ने तथा धनकुटा–हिलेतर्फका बसहरू देशीलाइन हुँदै सञ्चालन गर्न दिनुपर्ने माग राख्दै व्यवसायीहरू सडकमा उत्रिएका हुन्।

बिहान ९ बजेदेखि भानुचोकबाट सुरु भएको विरोध र्‍याली धरान परिक्रमा गर्दै देशीलाइनको मुख्य प्रवेशद्वारमा पुगेर धर्नामा परिणत भएको थियो। व्यवसायीहरूले नगरपालिकाले प्रतिनिधि पठाएर वार्ताको वातावरण बनाए मात्र छलफलमा बस्ने अडान लिएका छन्।

यता स्थानीय सरकारले हालको वान–वे सडकलाई टु–वे बनाउनु सम्भव नरहेको जनाएको छ। दुवै पक्ष आफ्नो अडानबाट पछि नहट्दा दिनभर आन्दोलन जारी रह्यो भने वार्ता हुन सकेन।

Polish_20260730_180252086