धरान, दुई दिनदेखि आन्दोलनमा रहेका धरान–२ देशीलाइनका व्यवसायीहरूले आन्दोलन स्थगित गर्दै भोलि (शनिबार) देखि नियमित रूपमा पसल सञ्चालन गर्ने निर्णय गरेका छन्।

देशीलाइन सडकलाई तत्काल टु–वे सञ्चालन गर्नुपर्ने आफ्नो माग भने यथावत रहेको उनीहरूले बताएका छन्।

आज बिहान धरान उप-महानगरपालिकामा तीन घण्टा भन्दा बढी भएको छलफल निष्कर्ष विहीन बनेपछि व्यवसायी पक्षबाट सुधीर लिम्बु र भूपाल राईलाई आगामी वार्ताका लागि आधिकारिक प्रतिनिधि चयन गरिएको छ।

व्यवसायीहरूले अहिलेका लागि आन्दोलन रोके पनि आगामी वार्ताबाट माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन्।