धरान , किराँत राई पत्रकार संघ सुनसरीले दुई पत्रकारलाई सम्मान गरेकोे छ।
शुक्रबार धरान–१० स्थित यलम्बर स्मृति संग्रहालय (यायोक्खा भवन) मा आयोजित किराप संघ सुनसरीको छैठौं अधिवेशनको उद्घाटन समारोहमा पत्रकारद्वय जनकऋषि राई र निशा राईलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा ‘चन्द्रकला राई स्मृति अग्रज पत्रकारिता सम्मान–२०८३’ बाट अग्रज पत्रकार जनकऋषि राईलाई सम्मान गरिएको छ। उनलाई फेटा गुथाएर नगद १० हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।
त्यस्तै, ‘विद्याकुमारी राई स्मृति पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार निशा राईलाई प्रदान गरिएको छ। उनलाई दोसल्ला ओढाएर नगद ७ हजार ५ सय ५ रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको थियो।
उनीहरूलाई सम्मान तथा पुरस्कार दाताद्वय श्रीपाल राई र कुमार राई, कार्यक्रमकी सभापति किरात राई पत्रकार संघ सुनसरीकी कार्यवाहक अध्यक्ष सन्जु राई, प्रमुख अतिथि किरात राई पत्रकार संघका केन्द्रीय उपाध्यक्ष विशाल राई ,विशेष अतिथि किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, बरिस्ठ पत्रकार हर्ष सुब्बालगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्।




प्रतिक्रिया