धरान, किरात राई पत्रकार संघ सुनसरीको छैठौं अधिवेशनबाट सन्जु राई (सुमित्रा)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
धरान-१० स्थित यलम्बर स्मृति संग्रहालय (यायोक्खा भवन) मा शनिबार सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपेश राई र प्रमिला राई, सचिवमा निशा राई तथा कोषाध्यक्षमा कमानसिंह राई चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा स्मारिका राई, विज्ञान राई, नवीन राई र एलिना राई सर्वसम्मत चयन भएका छन्।
अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिलाई विभिन्न अतिथिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई किरात राई पत्रकार संघका केन्द्रीय उपाध्यक्ष विशाल राई, किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, किरात राई पत्रकार संघ सुनसरीका पूर्व अध्यक्ष हिन्दुहाङ राई, किरात राई पत्रकार संघका उपाध्यक्ष जनकऋषि राई, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य रोहित राई तथा किरात राई पत्रकार संघ सुनसरीका सदस्य शुक्रान्त राईलगायतले खदा लगाई बधाई तथा शुभकामना प्रदान गरेका हुन्।
नवनिर्वाचित अध्यक्ष सन्जु राईले पत्रकारिताको व्यावसायिक विकाससँगै किरात राई समुदायका भाषा, संस्कृति, इतिहास, पहिचान र सरोकारका विषयलाई पत्रकारितामार्फत थप प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
नयाँ कार्यसमितिले पत्रकारको क्षमता अभिवृद्धि, आपसी सहकार्य र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ।



प्रतिक्रिया