इटहरी, कोशी प्रदेशका विवाहित महिलाबीचको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’को तेस्रो संस्करणको उपाधी विजेता सृजना राउत बनेकी छन्।

यसैगरी प्रतियोगिताको फस्ट रनरअप जमुना दाहाल, सेकेन्ड रनरअप यमुना महत र थर्ड रनरअप सोनी थापा घोषित भए।

सोमबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा साँझ भएको उक्त ग्रान्ड फिनालेमा कोशी प्रदेशका विभिन्न स्थानबाट सहभागी १९ प्रतिस्पर्धीलाई उछिन्दै राउतले ‘मिसेस पूर्वेली आइकन–२०८३’को ताज पहिरिएकी हुन्।

IMG-20261006-WA0008शिक्षिका तथा सञ्चारकर्मीसमेत रहेकी राउतले मुख्य उपाधिसँगै ‘मिसेस ट्यालेन्ट’को सब–टाइटल, करिब १ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेकी छन्। पुरस्कारमा रमाडा बाइ विन्डहम इटहरीमा ब्रेकफास्टसहित एक रातको लक्जरी स्टे, फुडशालाको १० हजार रुपैयाँ बराबरको फुड भाउचर, गोर्खाली फिटनेसमा एक वर्षको निःशुल्क जिमलगायत विभिन्न गिफ्ट ह्याम्पर समावेश छन्।

बैंकिङ क्षेत्रकी जमुना दाहाल फस्ट रनरअप बन्दै ‘मिसेस फोटोजेनिक’ र ‘मिसेस बेस्ट वाक’को उपाधि समेत जितिन्।IMG-20261006-WA0007सेकेन्ड रनरअप यमुना महतले ‘मिसेस फेस अफ लुक मी कस्मेटिक’ र थर्ड रनरअपसोनी थापाले ‘मिसेस इन्टेलेक्चुअल’ उपाधी समेत जिते।

प्रतियोगितामा सहभागी अन्य प्रतिस्पर्धीले पनि विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै सब–टाइटल हात पारे। 

डा. उरुषा शाहले ‘मिसेस पर्सनालिटी’ र ‘मिसेस भर्सटाइल', संगीता शाह ‘मिसेस डिसिप्लिन’, लुइसा पुडासैनी ‘मिसेस ब्युटी विथ पर्पोज’, सीता बस्नेत श्रेष्ठ ‘मिसेस फ्रेन्डशिप’ र अन्जिला चौधरी ‘मिसेस कन्फिडेन्ट’ घोषित भइन्।

शोभा कुमारी थापा गुरुङले ‘मिसेस इन्टरप्रेन्योर’ र ‘मिसेस मल्टिमिडिया’, सुष्मा राई श्रेष्ठले ‘मिसेस ग्ल्यामर’, एलिशा धिमालले ‘मिसेस एक्टिभ’, अनूपा पौडेलले ‘मिसेस बेस्ट ट्रान्सफर्मेसन’, भावना घिमिरेले ‘मिसेस बेस्ट डान्स' मनिका चौधरी ‘मिसेस क्रिएटिभ’, वर्षा गजमेर ‘मिसेस इन्फ्लुएन्सर’, स्वस्तिका चौधरी ‘मिसेस राइजिङ स्टार’, धुर्व कुमारी गुरुङ ‘मिसेस लिडरशिप आइकन’ र शोभा राउत ‘मिसेस ग्रेसफुल’ बने।

यसैगरी प्रतियोगितामा अर्गनाइजर च्वाइस मनिका चौधरी र पब्लिक च्वाइसको उपाधि धुर्व कुमारी गुरुङले पाए।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न फिनालेमा मिसेस नेपाल वर्ल्ड–२०२३ की विजेता पृथ्वीया थापा, मिसेस पूर्वेली आइकन-२०२४ की अर्गनाइजर च्वाइस विजेता रुविना श्रेष्ठ, फेसन डिजाइनर विवेश राई तथा लायन्स क्लब ३२५ सी की डिस्ट्रिक्ट सेक्रेटरी रेखा गुरुङ निर्णायकका रूपमा रहेका थिए।