धरान, विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा निराजन युवा क्लब, धरान–१५ ले शुभकामना आदान–प्रदान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ।
आज बिहान आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला समूहका पदाधिकारी, व्यवसायी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
निराजन युवा क्लबका अध्यक्ष सन्जु राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष नरेश इवारम प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि इवारमले निराजन युवा क्लबले विगतमा गरेका कार्यहरूको स्मरण गर्दै प्रशंसा गरे। उनले आगामी दिनमा पनि संस्थालाई सक्रिय बनाउँदै उत्कृष्ट कार्यहरू गर्दै जान सुझाव दिए।
संस्था स्थापना गर्नु मात्रै ठूलो कुरा नभई त्यसलाई हुर्काउने, जोगाउने र निरन्तर क्रियाशील बनाइराख्ने दायित्व नेतृत्व तथा पदाधिकारीहरूको हुने उनको भनाइ थियो। उनले संस्थालाई जीवन्त राख्दै समाजको हितमा रचनात्मक तथा प्रभावकारी गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए।
शुभकामना मन्तव्यका क्रममा धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य तथा १५ नं वडा सदस्य सृजना नेपाल, समाजसेवी तथा व्यवसायी आनन राई, निशान त्रिभ्याली टोल विकास संस्थाका अध्यक्ष तुलाराम राईले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्ने बताए। उनीहरूले यस्ता कार्यक्रमले स्थानीय समुदायबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।
त्यसैगरी, महिला सञ्जाल धरानकी अध्यक्ष सावित्री इवारम, सुनौलो महिला समूहकी उपाध्यक्ष गंगा निरौलालगायतले पनि चाडपर्वको शुभकामना व्यक्त गरेका थिए।
धरान १५ नं वडा सदस्यहरू बादल भट्टराई र रचना नेपालीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा हातेमालो महिला समूहकी अध्यक्ष कल्पना लिम्बू, गृह श्रमिक महिला ढाका लघु उद्यमी समूहकी अध्यक्ष प्रेमकुमारी राई, कुमारी बैंक लिमिटेड धरान शाखाका प्रमुख आशिष राई, लिम्बू पत्रकार संघ सुनसरीका अध्यक्ष स्वर्णीमहाङ फोम्बो, संचारकर्मी जीवन लिम्बू, शीतल मार्ग टोल विकास संस्थाका अध्यक्ष भुपाल तामाङको उपस्थिति रहेको थियो।
यसैगरी दशरथ पथ टोल विकास संस्थाका अध्यक्ष सन्तोष खतिवडा, हाम्रो टोल विकास संस्थाका अध्यक्ष ईन्द्रप्रसाद राई, नमुना श्रुतिमार्ग टोल विकास संस्थाका अध्यक्ष डाकमान राई, निराजन टोल विकास संस्थाका सचिव कृष्ण थेवे, शिवगंगा टोल विकास संस्थाका प्रतिनिधि निश्चल खत्री, सामुदायिक प्रहरी सेवा केन्द्रकी कोषाध्यक्ष विद्या देवानलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले स्थानीयस्तरमा सामाजिक एकता, आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउनुका साथै चाडपर्वको खुसी एकआपसमा साटासाट गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।




प्रतिक्रिया