धरान, चर्चित गायिका मेलना राई प्रेमी ध्रुब गुरुङ्गसँग वैवाहिक बन्धनमा बाँधिएकी छन्।

शुक्रबार काठमाडौंको गोर्कणेश्वरस्थीत हिमाली घर रिर्सोटमा आफना आफन्त, परिवार र नजिकको साथीभाईहरुको उपस्थीतिमा मेलिना र ध्रुवको वैवाहिक समारोह सम्पन्न भएको छ।

दिउँसो १ बजेबाट सुरु भएको वैवाहिक समारोह अपराह्ण ५ बजेसम्म चलेको थियो। केहि समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले बुधबार मगनी गरि शुक्रबार वैवाहिक बन्धनमा बाधिएका हुन्। 

गायिका मेलिना राईसँग विवाह गरेका ध्रुब गुरुङ्गको घर इलाममा रहेको र उनी बेलयती सेनाको गोर्खा सैनिक रहेको परिवारजनले जनाईएको छ। 

122