धरान, मोफसल कै चर्चित २५ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेडले बिजय सुरुवात गरेको छ।
धरान रंगशालामा आज (शनिबार) भएको उद्घाटन खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउदै लिग च्याम्पियन चर्च बोइज प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको हो।
पहिलो हाफ दुबै टिमले गोलरहित बराबरी खेलेपनी खेलको दोस्रो हाफको ४७ औ मिनेटमा चर्च बोइजका सन्तोष खत्रीले एक मात्र निर्णयक गोल गरे। बिदेसी खेलाडि एंड्रिउ इबो यामाहाको पासमा सन्तोषले निर्णयक गोल गरे।
बुढासुब्बाको चार पटकको बिजेता बनिसकेको पुलिसको लागि थुप्रै गोल गर्ने अवसर पाए पनि गोल गर्न चुक्दा निरास बनेर सुरुवातमै प्रतियोगिताबाट बाहिरिनु पर्यो।
चर्च ब्याइजका खेलाडीले पनि गोल गर्ने अवसर बुने पनि गोल गर्न चुक्दा फराकिलो अन्तर बनाउन भने सकेन। आईतवारको दोस्रो क्वाटरफाइनल खेल आयोजक धरान फुटबल क्लब र युके एफसी भारतबिच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ।
माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ८ वटा टिम सहभागि छन्।प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।
२५ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद बिकास समितीका सदस्य सचिब कृष्ण बस्नेतले गरेका थिए।
उद्घाटन को क्रममा बस्नेतले बुढासुब्बा गोल्डकप बारेमा प्रशसा गरेका थिए। उद्घाटनको क्रममा बेलुन उडाउनुका साथै केक समेत काटिएको थियो।