धरान, प्रेस चौतारी नेपालको २७औं स्थापना दिवसको अवसरमा सुनसरी जिल्ला कमिटीले आज साँझ दिप प्रज्वलन गरेको छ।
धरानको भानुचौकमा प्रेस चौतारी सुनसरी अध्यक्ष बिकास चाम्लिङ राईको अध्यक्षतामा संचारकर्मी, सुरक्षाकर्मी, नेताहरुको उपस्थितिमा दिप प्रज्वलन गरि शुभकामना आदान-प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा प्रेस चौतारी नेपाल सुनसरीका पुर्व अध्यक्ष तथा नेकपा (एमाले) कोशी प्रदेश प्रचार प्रसार सह-संयोजक भीमज्वाला राईले शुभकामना मन्तव्य राख्दै प्रेस चौतारीको स्थापनाको उदेश्य, इतिहास तथा स्थापना दिवसको औचित्यबारे मनतव्य दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष आनन्द श्रेष्ठ, नेकपा (एमाले) नेता तथा पुर्व संघिय सांसद जय बान्तावा राई, नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगरपालिका वडा नंबर २ का अध्यक्ष रमेश राई, नेकपा (एमाले) धरान सचिव राजेन्द्र राईको उपस्थिति रहेको थियो।
यस्तैगरी कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र थापा, वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव निरीक्षक रुद्र खड्का, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानिया, प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य रणध्वज लोहार, मजदुर नेता कमल भट्टराईलगायतको उपस्थिति भई सामुहिक दिप प्रज्वल गरेका थिए। भने कार्यक्रमको संचालन प्रेस चौतारी सुनसरीकी सह-सचिव सुमित्रा राई (सन्जु) गरिन्।