धरान, धरान रनद्वारा आयोजित १३औं नेवा च्यारिटी खुल्ला दौड प्रतियोगिता 'धरान १० के रन' को विजेताद्वय केन्याली नागरिक धावक विलियम चेउलीयोट र धाविका शरन जेरोटिच बनेका छन्।

आज(शनिबार) विहान धरानमा सम्पन्न रनमा निर्धारित १० किलो मिटरको दुरी खुल्ला पुरुषतर्फ विलियमले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेका थिए भने महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा पुरा गरेकी हुन्। उनीहरुले जनही नगद ६० हजार रुपैया सहित मेडल प्राप्त गरेका छन्।

यसैगरै पुरुषतर्फ दोस्रो बनेका केन्याकै जुलियस मरिउकी निर्धारित दुरी ३१ मिनेट ८ सेकेण्डमा पूरा गरे भने तेस्रो बनेका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे ।

यस्तै, महिलातर्फ दोस्रो बनेकी विभागिय नेपाल पुलिसकी सुमित्रा कुमारी चौधरीले निर्धारित दुरी ३९ मिनेट २८ सेकेण्डमा पूरा गरिन् भने तेस्रो बनेकी विभागिय एपीएफकी दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गरिन्।

प्रतियोगिताको खुल्ला पुरुष तथा महिलातर्फका दोस्रो र तेस्रो बनेका उनीहरुले जनही नगद ४० हजार र ३० हजार रुपैयासहित मेडल हात पारेका थिए। 

FB_IMG_1740250597918उनीहरुलाई शसस्त्र प्रहरी बलका पूर्वआइजीपी दुर्जकुमार राई, धरान रन समुहका अध्यक्ष रोमु राईलगायतले मेडल तथा पुरस्कार वितरण गरेका थिए। यस्तै, अन्डर–१२, अण्डर–१६, भेट्रानलगायत विभिन्न उमेर समुहमा समेत प्रतियोगिता गराइएको थियो।

उक्त प्रतितियोगितामा स्वदेश तथा विदेशबाट आएका करिब ४ हजार बढी धावक–धाविकाहरु सहभागी भएका थिए। आयोजक धरान रनले च्यारिटी रनबाट उठेको रकम सामाजिक सेवामा खर्चिने आयोजकले जानकारी दिएका छन्।FB_IMG_1740246817818 1FB_IMG_1740250547994