धरान, महिलाहरुको हक, अधिकारको क्षेत्रमा काम गर्ने धरानका महिलाहरुको संस्थाहरुको छाता संगठनको रुपमा रहेको महिला संजाल धरानको नव निर्मित भवनको आज उदघाटन भएको छ।
धरान १३ स्थीत संजालको उक्त भवनको उदघाटन कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले गरेकी छन्।
धरान उपमहानगर पालिका वडा नंबर १३ को कार्यालयले जग्गा प्रदान गरेको उक्त भवन ४५ लाखको लागतमा निर्माण भएको हो।
धरान-१३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्लेको पहलमा संजाललाई उपलब्ध भएको उक्त १० धुर जग्गामा भवनको शिलान्यास बि.सं. २०७८ माघ ३ गते तत्कालीन धरानका प्रमुख तिलक राई र उप-प्रमुख मन्जु भण्डारीले गरेका थिए।
संजालको पूर्व अध्यक्ष चेतना श्रेङ्गको नेतृत्व र सपना राईको संयोजनमा विभिन्न दाताहरुबाट सहयोग प्राप्त गरि उक्त भवन निर्माण भएको हो।
भवन निर्माणको लागि धरान उपमहानगरपालिकाको कार्यालयबाट ४ लाख ६८ हजार, तीन सय ७६ रुपैया, धरान–१३ नंबर वडा कार्यालयबाट ३ लाख ७९ हजार, धरान–१५ नंवर वडा कार्यालयबाट ९० हजार ३ सय ७ रुपैया, धरान–१८ नंबर वडाबाट ८३ हजार कायस्थ गोपाल प्रसाद, सरला कायस्थ प्रतिष्ठानबाट ५१ हजार दाताहरुको रकम सहयोगबाट भवन निर्माण भएको हो।
उक्त कार्यक्रममा गत माघ १३ गते सम्पन्न संजालको सातौ अधिवेशनबाट चयन भएको अध्यक्ष साबित्री इवारमसहित उनको १३ सदस्यीय कार्य समितिको पदस्थापन पनि गरिएको थियो।
संजालकी अध्यक्ष सपना राईको सभापतित्व, कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा धरान उपमहानगरपालिका निवर्तमान प्रमुख प्रमुख तिलक राई, निवर्तमान उपप्रमुख मन्जु भण्डारी धरान–१३ नंबर वडा अध्यक्ष नेत्र काफले, धरान–१५ नंबर वडा अध्यक्ष नरेश ईवारमले शुभकामना मनतव्य दिए।
कार्यक्रममा नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेल, नेकपा (एमाले) धरानका अध्यक्ष हर्कजंग एभेङ्ग, नेकपा माओवादी केन्द्र धरानका अध्यक्ष उद्धव लिम्ब, समाजसेवी सरला कायस्थ, संजालका पूर्व अध्यक्षहरु, महिला संजालसम्बद्ध संघसस्थाका अध्यक्ष तथा पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।
यस्तै कार्यक्रममा नव निर्वाचित उपाध्यक्ष सकुन्तला भुषालले स्वागत मनतव्य र सचिव ईन्द्रकला राईले कार्यक्रम संचालन गरेकी छन्।