धरान, गृहणि महिलाहरुलाई लक्षित कोशी प्रदेश स्तरीय 'मिसेस स्टेट-२०२५' सीजन ३ को पहिलो अडिसन सम्पन्न भएको छ।
वुमेन्स वर्थ ग्रुपद्वारा आयोजित उक्त मिसेस स्टेट सीजन ३ को शनिबार धरान-९ पुतली लाईन स्थीत हाङकुक साराङ कोरियन रेष्टुरेन्टमा सम्पन्न भएको पहिलो अडिशनबाट आठ जना सहभागी भएका छन्।
आयोजक ग्रुपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा भएको अडिसनको निर्णायकमा महिला संजाल धरानका पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता शिला वज्रचार्य, कोरियोग्राफर डिजे ललित राई, मिसेस स्टेट पहिलो सिजनका विजेता सम्झना विश्वकर्मा र धरान मेघा हिमालयन कलेजका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषणवावु श्रेष्ठ रहेका थिए।
दोस्रो अडिसन वैशाख १३ गते शनिवार पुतली लाइन स्थित चौथो रेष्टुरेन्टमा हुने ग्रुप को सचिव ज्योति राईले जानकारी गराईन्।
अडिसनबाट छनौट भएकाहरुलाई मिसेस स्टेट सीजन ३ को प्रतियोगिकोरुपमा विभिन्न तालिम तथा प्रशिक्षण प्रदान गरिने र आगामी जेष्ठ १७ गते शनिवार धरान-१६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा ग्रान्ड फिनालेको आयोजना गरि विजेता घोषणा गरिनेछ।
विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपलाई जनहि क्रमशः नगद एकाउन्न हजार रुपैया, २५ हजार रुपैया, १५ हजार रुपैया, क्राउन, ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने छ।
यसैगरि ग्रान्ड फिनालेबाट प्रतियोगिलाई विभिन्न टाईटल अवार्ड समेत प्रदान गरिने भएको छ।
जसमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ र पिपुल्स च्वइस अवार्ड रहेको छ।
टाईटल अवार्ड जित्न सफल प्रतियोगिले ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले बताएका छन्।