धरान, नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको 'लैङिगक हिंसा निवारण' सम्बन्धी पाँच दिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ।

सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा बैशाख १३ गते देखि १७ गते सम्म बिराटनगरमा संचालित तालिम बुधबार समापन भएको हो।

पत्रकारिताको माध्यमबाट कोशी प्रदेशमा भएका लैङिगक हिंसालाई निवारण गर्ने उदेश्यले संचालित तालिमका मुख्य प्रशिक्षकमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा रहेका थिए।

यसैगरी प्रशिक्षकहरुमा पत्रकार शिव गाउँले, यज्ञ शर्मा, दुर्गा बराल,, बिक्रम निरौला, बन्धु पोखरेल, बन्दना दनुवार, लिलाराज भट्टराईसहित सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशका सहसचिव दुर्गा बराल, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.बालकृष्ण साह रहेका थिए।

कोशी प्रदेशको १४ जिल्लाको ३० जना पत्रकार महिलाहरु तालिममा सहभागि रहेको थियो। सहभागिहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथी रहेका कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पाँचकर्ण राईले प्रमाण पत्र बितरण गरे।

Polish_20250501_121720372समापन कार्यक्रममा मन्त्री राईले तालिममा सहभागि पत्रकार महिलाहरुलाई समाजमा हुने लैङिगक हिंसाको सत्य तथ्य रुपमा खोज पत्रकारिता गरि लैङिगक हिंसालाई न्युनिकरण गर्न खेल्न आग्रह गरे। 

आयोजक नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष तथा महिला बिकास प्रमुख अम्बिका भण्डारीको सभापतित्वमा भएको समापन कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, निवर्तमान अध्यक्ष लिलाबल्लभ घिमिरे, पूर्व अध्यक्ष बिक्रम लुईटेललगायतको उपस्थीति रहेको थियो भने महासचिव हिमा चेम्जोङले कार्यक्रम संचालन गरेकी थिईन्।