धरान, उद्योग, व्यवसाय तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले धरानमा माघको अन्तिममा बिजनेस एक्सपो धरान हुने भएको छ।
बिजनेस एक्सपो देश तथा विदेशका ठूला व्यवसायी, उद्योगीदेखि स्थानीय उत्पादनसम्मको प्रदर्शनी तथा विक्रि गरिने आयोजक नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान उपमहानगर कमिटिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए।
सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै आयोजकले यहि माघ २६ गतेदेखि फागुन १० गतेसम्म धरान रंगशालामा बिजनेस एक्सपो हुने विषयमा जानकारी दिइएको छ।
एक्स्पोमा जुत्ता चप्पल, खाद्यान्न, लत्ता कपडा, ज्वेलरी, घरेलु उत्पादन, फर्निचर, होटल रेस्टुरेन्ट, कृषि औजारको सुपथ बजार सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए। उनका अनुसार एक्स्पोमा अटो मोबाइल्स, इलेक्ट्रिक भेइकल, बैक, इन्स्योरेन्स तथा कर्पोरेट विजनेसको प्रवर्द्धन गरिनेछ।
स्थानीय उत्पादनलाई एक्स्पोमा निःशुल्क स्टल उपलब्ध गराइने, प्यारग्लाइडिङ, रयाफ्टिङ, साइकलिङको प्रवर्द्धन , गरिने धरान आसपासका पर्यटकिय स्थलको अवलोकनको प्रचार-प्रसार समेत एक्सपोमा गरिने आयोजकले जानकारी दिएको छ। एक्सपोमा १० लाखले अवलोकन गर्ने र २० करोड माथीको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ।