धरान, धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको विजेता आयोजक धरान मेघा कलेज बनेको छ।
धरान मेघा कलेजको आयोजना, सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको सहयोगमा भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनल फाइनल खेलमा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाइ थप समयमा ६२-५९ अंकको अन्तरले पराजित गर्दै बिजेता बनेको हो।
निर्धारित समय सम्ममा दुवै टिमले ५५-५५ बरावर अंक जोडे पछि चार मिनट समय थप गरिएको थियो। थप समयमा धरान मेघाले ७-४ अंगको अग्रता लिदै उपाधी जितेको हो। निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६-८, ४-८, २०-१९ र १५-१० अंक जोडेका थिए।
फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रदशन गर्दै ब्यक्तिगत ३३ अंक जोडेका थिए।
उपाधी सङ्गै धरान मेघा कलेजले नगद पच्चिस हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
उपबिजेता होलिल्याण्ड स्कुलले नगद १२ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगिताको मोस्ट भ्यालुएबल प्ल्यरको (एमभिपी) उपाधी आयोजक धरान मेघाका प्रशान्त तामाङ घोषित भए। उनले नगद दुई हजार ५ सय, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुइ ओटा फ्री कुपन प्राप्त गरे।
प्रतियोगिताको उदयिमान खेलाडी राइजिङ प्लेयरको उपाधी मेघा अलेजका सिजन गुरुङ्ले प्राप्त गरे उनले नगद १ हजार, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुइओटा फ्री कुपन प्राप्त गरेका छन्।
बिजेता तथा उपबिजेताहरुलाइ कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, प्रमुख अतिथी धरान उप-महानगर पालिका उपमेयर अइन्द्र बिक्रम बेघा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ रुछेन्बुङ स्मृती प्रतिष्ठानका अध्यक्ष रेवतिरमन राई, धरान १८ वडा सदस्य जमुना त्रीखत्री मोक्तान लगायतले पुरस्कार बितरण गरेका थिए।
१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको थियो।