धरान, भेडेटारमा १२औं भेडेटार फुड फेस्टिबल आजबाट सुरु भएको छ।
होटल एशोसिएशन भेडेटारको आयोजनामा आज पौष १६ गते सुरु भएको तीन दिने फुड फेस्टिबलको उदघाटन प्रमुख अथिति रहेको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेका छन्।
एशोसिएशनका अध्यक्ष तुमराज लिम्बुको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा धरान र धनकुटाका दुई पत्रकारलाई सम्मान गरिएको छ।
भेडेटारका आसपासका रमणीय ऐतिहासिक पर्यटकीय स्थलको प्रचारप्रसार लेख रचना मार्फत पर्यटन प्रवद्र्धन गर्न योगदान पुर्याएबापत पत्रकारद्वय धरानका गोबिन्द बस्नेत र धनकुटाका बिनोद घिमिरेलाई सम्मान पत्र, खदा र जनही नगद पाँच हजारले सम्मान गरिएको हो।
फेस्टिबलको माध्यमबाट भेडेटारमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई राष्ट्रिय र ख्याति प्राप्त स्थानिय कलाकारहरुको प्रस्तुतीमार्फत मनोरन्जन गराई जातीय मौलिक, परम्परागत खानपानको परिकारको स्वाद चखाई ती खानपान साथै त्यहाँका पर्यटकीय स्थलहरुको प्रवर्दन र प्रचारप्रसार गर्नलाई प्रत्येक दिन झाँकी तथा साँगितिक कार्यक्रमको अयोजना हुने एशोसिएनका पूर्व अध्यक्ष लिलाराज लावतीले जानकारी गराए।
पूर्व अध्यक्ष लावतीका अनुसार स्थानिय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, घरेलु उत्पादनहरुको प्रवद्र्धनका लागि फेस्टिबलमा दुई दर्जन बढी स्टलमा प्रदर्शनी गरिएको छ।
भने साँगितिक मनोरन्जनका लागि राईको साकेला, लिम्बुको केलाङ, मगरको हुर्रा र याम्फूजातिको साँस्कृतिक नृत्य प्रस्तुती, गरिमा डान्स सेन्टर धरानको मोर्डन तथा साँस्कृतिक नृत्य, पाथीभरा क्लब भेडेटारको नृत्य, द फ्युजन नेपाल व्याण्ड, गायक सुन्दर लिम्बुको गीत प्रस्तुती गरिएको छ। यसैगरी दोस्रो र तेस्रो दिन चर्चित गायिका सुनिता थेगिम, गायक जेनिस राई, द प्याराडाईस व्याण्ड, गरिमा डान्स सेन्टर धरानको नृत्य प्रस्तुतीले पर्यटकहरुलाई मनोरन्जन प्रदान गर्ने छ।
पौष १६ गते देखि १८ गते सम्म संचालन हुने उक्त फेस्टिबलको उदघाटन कार्यक्रममा विशेष अतिथीहरु कोशी प्रदेशका पूर्व राज्य मन्त्री निरन राई, साँगुरीगढी गाउँ पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धरान उपमहानगर पालिकाका उप-प्रमुख आईन्द्र बिक्रम वेघा, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली कांग्रेस धनकुटाका सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाका बल वहादुर राई, कोशी प्रदेश पर्यटन बर्ष २०८२ का सह-संयोजकद्वय भवेश श्रेष्ठ र कृष्ण शाह, होटल एशोसिएसन महासंघका केन्द्रिय उपाध्यक्ष रविन गिरि लगायतले सफलताको शुभकामना दिए।
यसैगरी धनकुटा नगरपालिकाका उप-प्रमुख भिमादेवी खनाल, साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राई, चौविसे गाउपालिकाका उपाध्यक्ष टंकमाया मगर, धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य तथा जसपा नेपालका अध्यक्ष मनकला लिम्बु, रास्वपा धनकुटाका संयोजक बालान्द दाहाल, जनजाती महासंघ धनकुटाका अध्यक्ष नविन किशोर शाक्य, पत्रकार सन्जय सन्तोषी राई, साँगुरीगढी गाउँ पालिका वडा नंबर ६ का अध्यक्ष यामबहादुर मगर(दिपक)सहित विभिन्न वडाका वडाध्यक्षहरु, समाजसेवी, पर्यटनकर्मीलगायतको उपस्थीति रहेको थियो।