धरान, आगामी माघ ४ र ५ गते धरान एक्सपो–२०८१ मा कृषि र पर्यटन सम्बन्धी विशेष गोष्ठी आयोजना हुने भएको छ। 

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान–१६ स्थीत धरान रंगशालामा यहि पौष २५ गतेदेखि जारी धरान एक्सपो–२०८१ को अन्तिम दिनमा प्रदेश मन्त्रीहरूको सहभागितामा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने आयोजकले बताएका छन्। 

आगामी माघ ४ गते हुने कृषि गोष्ठीमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको उपस्थिति रहनेछ भने माघ ५ गते हुने पर्यटनसम्बन्धी गोष्ठीमा प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सहभागी हुनेछन्।  

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, आधुनिक कृषि पद्धति र पर्यटकीय सम्भावनाबारे जनचेतना फैलाउने उदेश्यले गोष्ठीको आयोजना गरिन लागेको गोष्ठीका संयोजक सन्दीप शाक्यले बताए। उनका अनुसार उक्त गोष्ठी “स्थानीय व्यवसायी, कृषक, र पर्यटन व्यवसायमा लागेकाहरूका लागि यो महत्वपूर्ण प्लेटफर्म हुनेछ। साथै गोष्ठीले नयाँ ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्दछ।

गोष्ठीहरूका माध्यमबाट स्थानीय व्यवसाय र उद्यमशीलतालाई थप ऊर्जा मिल्ने आयोजकले आशा गरेका छन्। अर्थतन्त्रमा योगदान पुर्‍याउने यस्ता प्रयासले धरानलाई मात्र होइन, समग्र प्रदेश १ लाई आर्थिक रूपमा सबल बनाउन मद्दत पुर्‍याउने आयोजकले बताएका छन्। 

नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन तथा कोशी प्रदेशका १४ जिल्लाका व्यवसायीहरूको सहभागिता रहेको छ भने स्थानीय उत्पादन र बजारीकरण, पर्यटन प्रवर्द्धन, स्वरोजगार, साहित्य, र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न एक सय ४२ वटा स्टल राखिएको छ। 

sdfbnस्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र धरानको आर्थिक गतिविधि चलायमान बनाउने एक्स्पोले भुमिका खेल्ने आयोजकले जनाउदै एक्स्पोबाट १० करोड रुपैयाँ बराबरको कारोबार हुने समेत अपेक्षा राखेका छन्। 

पुष २५ गतेबाट सुरु भएको धरान एक्सपो माघ ५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा साँस्कृतिक कार्यक्रम, प्रशिक्षण, र विविध मनोरञ्जनका गतिविधि पनि आयोजना हुनेछ। एक्स्पोमा दिनभरि विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ भने साँझ ५ बजेपछि प्रवेश शुल्क लाग्ने आयोजकले बताएका छन्। 

Dharan expo-2k81