धरान, राष्ट्रिय जागृती क्लब इटहरीलाई पराजित गर्दै पाहुना टोली आरटिसी फुटबल क्लब (रोयल थिम्पु कलेज) भुटान धरानमा जारी २५ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रबेश गरेको छ।

आज धरान रंगशलामा भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरीलाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै भुटानले अन्तिम चारको स्थान सुरक्षित गरेको हो।

भुटानका लागि खेलको ९ औ मिनेटमा सोनाम योस्सीले सुरुवाती गोल गरेका थिए। उनले नयडा योसेलको पासमा गोल गरेका थिए। यस्तै, खेलको ५३ औ मिनेटमा सोनाम जुगल चावाजाङ, ६० औ मिनेटमा कर्मा जाम्सो र ७० औ मिनेटमा नयडा योसेलले गोल गर्दै भुटानको लागि फराकिलो जित निकालेका थिए।

Messenger_creation_584844F0-7EC8-42D9-8C31-DDE4FA4D21D2इटहरीका लागि भने एक मात्र सान्त्वना गोल बिदेशी खेलाडी एलेक्सले खेलको ७७ औ मिनेटमा फर्काएका थिए। खेलको म्यान अफ दि म्याच भुटानका सोनम योस्सी घोशित हुँदै नगद १० हजारसहित ट्रफी हात पारेका छन्।

फाइनल यात्राका भुटानले अब चर्च ब्याइज काठमाण्डौको सामना गर्नेछ। भोलि (मंगलबार)को अन्तिम क्वाटरफाइनल खेल गत बर्षको बिजेता एनआरटी क्लब काठमाडौ र केएफटिसी झापाबिच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ।

माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।Messenger_creation_1C74A03E-9456-4C60-AE31-DB6FC4F4EE75