धरान, नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानको आयोजना भोलिबाट धरानमा १५ दिने बिजिनेश एक्स्पो सुरु हुने भएको छ।
धरान रंगशाला आयोजना हुने एक्स्पोको उदघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन्।
भोलि बिहान ११ बजेबाट फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पो धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्यले आयोजना गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराएका छन्।
एक्स्पोमा आमसर्वसाधारणलाई समेत निशूल्क प्रवेश गराइने विजिनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले बताए। उनका अनुसार साँझ सांस्कृतिक कार्याक्रममा भने कलाकारको उपस्थिति अनुसार न्युनतम शुल्क ताकिएको भएपनि अन्य समयमा कुनैपनि प्रकारको शूल्क नलिने बताए।
मुख्य कुरा धरानको सुस्त बजारलाई चलायमान बनाउने हो। धरानको व्यापारी तथा व्यवसायीहरुलाई खुशी बनाउनु हो अर्थोपार्जन होइन संयोजक अग्रवालले बताए।
आम सर्वसाधारण र व्यवसायीहरुको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाती परिकारहरुको प्रवर्धन स्थानीय उद्योगी व्यवसायीहरुका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनहरुलाई सरल मुल्यमा उपलब्धता तथा प्रतिभाहरुलाई मञ्च प्रदान गर्न यो एक्स्पोले योगदान गर्ने सहमुल समितिका संयोजक टंककुमारी गुरुङले बताईन्।
१५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । लोकबाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा व्रिगेड ब्याण्डको प्रस्तुती र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ । आगन्तुकहरुको मनोरन्जनका लागि खेलतामासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्रीहरु राखिएको संयोजक टंककुमारी गुरुङले बताईन्।
एक्स्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तक्र्रियात्मक डिवेट गरिने समेत गरिने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए।