धरान, २५ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) धरान रंगशालामा साविक विजेता न्युरोडरोड टिम (एनआरटी) र लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड प्रतिस्पर्धा गर्दैछन्।

एनआरटी बुढासुब्बा गोल्डकपको दुई पटकको विजेता हो। एनआरटीले १० र्औ र २४ औं सस्करणको बुढासुब्बा गोल्डकपको ट्रफी उचालि सकेको छ।

गत वर्षकोच्याम्पियन एनआरटी यस पटक फेरी उपाधि जितेर ह्याट्रिक गर्ने दाउमा छ। चर्च ब्वाइज भने पहिलो पटक बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगिसगेको हो। शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज पहिलो पटक बुढासुब्बाको उपाधि जितेरे इतिहास रच्ने तयारीमा छ।

IMG_5547यो सिजनमा एनआरटी र चर्च ब्वाइजबीच तीन वटा प्रतियोगितामा प्रतिस्पर्धा भइसकेको छ । जसमा दुई वटा फाइनल प्रतियोगितामा आमनेसामने भइसकेका छन्।

एनआरटीले इलाम गोल्डकपको उपाधि जितेको थियो भने झापा कपको उपाधि चर्च ब्वाइजले जितेको थियो।एनरआरटीले इलाम गोल्डकपमा तीन गोलले पराजित गर्दै चर्च ब्वाइजलाई उपविजेतामा सिमित पारेको थियो।

इलाम गोल्डकपको हारको बदला झापा कपमा आएर चर्च ब्वाइजले लिएको थियो । एनआरटीलाई ३–१ गोलले हराउर्दै चर्च ब्वाइजले उपाधिमाथी कब्जा जमाएको थियो ।

पोखरामा जारी २४ र्औ आहा रारा गोल्डकपमा गत विहीबार सम्पन्न प्रि–क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई सडनडेथमा पराजित गरेको थियो। अब २५ र्औ बुढासुब्बा गोल्डकपसम्म आइपुगिसग्दा यी सबै टिमको चोथो पटकको भेट हो।

उपाधि नजिक पुग्नका लागि एनआरटीले केएफटिसी झापालाई ३–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगिसगेको थियो। पाहुना टोली भारतको य७३घढस केएफसीलाई पनि ३–१ गोल अन्तरले हराउँर्दै एनआरटीले फाइनलका लागि चर्च ब्वाइजसगको भेट पक्का गरेको थियो।

यता, चर्च ब्वाइजले भने बुढासुब्बा गोल्डकपको चार पटकको विजेता विभागिय टिम नेपाल पुलिस क्लवलाई एक गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो। यस्तै, पाहुना टोली भुटानको आरटिसीलाई  हराउँर्दै फाइनलमा उक्लेको थियो।

यो सिजनमा चर्च ब्वाइजले पाँचथरको फाल्गुनन्द गोल्डकपको ट्रफी समेत उचालि सकेको छ । सबै टिममा ‘ए’ डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडीलाई समाबेश गरिएको छ।

तेस्रो पटक उपाधि जित्ने होडमा रहेको एनआरटीले चर्च ब्वाइजलाई चिरप्ररिचित प्रतिद्वन्दीको रुपमा लिएको एनआरटीका टिम म्यानेजर श्याम मालिले बताए। उनले प्रतियोगितामा यसै भन्न नसकिने बताउर्दै चर्च ब्वाइजसग विगतमा खेलेका अनुभवहरुलाई प्रयोग गरेर राम्रो खेल्ने बताए।

IMG_5533‘चर्च ब्वाइज हाम्रो चिरपरिचित प्रतिद्वन्दी हो, टिम राम्रो छ, सबै अनुभवी खेलाडी छन्। हामीले ५–६ वटा म्याच पनि यस अघि खेलिसकेका छौ, अलमोस्ट चर्चले डोमिनेट नै गरेको छ, एनआरटीलाई। तर, प्रतियोगिता हो, यसै भन्न सकिन्दैन।

फाइनल खेल्नलाई हाम्रो टिम पनि फर्ममा छ’ उनले भने ‘प्रतियोगिता यस्तो खेल्ने उस्तो खेल्ने बदला लिने भन्दा पनि फाइनल खेल एकदमै रोचक होस्, हामी हाम्रो तर्फबाट राम्रो खेल्ने प्रयास गर्छौ ।’

उनले बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीले दुई पटक उचालि सकेको बताउँर्दै तेस्रो पटक उपाधि उचाल्न टिम पुर्ण रुपमा तयारी रहेको बताए । ‘हामीले दुई पटक बुढाब्बा गोल्डकपको उपाधि उचालिसकेका र्छौ, फेरी तेस्रो पटक उचाल्न पुर्ण तयारीमा र्छौ।’

टिम सेटको बारेमा छलफल भइरहेको बताउर्दै उनले भने ‘पोखरा खेलका थियो, अञ्जन विष्ट अलिक इन्जर्ड छ भन्ने म्यासेज आएको छ, जबरजस्ती खेलाउन मिल्दैन, अञ्जनले के भन्छ हामी छलफल गर्छौ ।’

चर्च ब्वाइज राम्रो टिम भएको एनआरटीका टिम क्याप्टेन सरोज घिसिङले पनि बताए । उनले फाइनल खेल टिममा एक आपसमा सपोर्ट गरेर राम्रो खेल्ने बताए । ‘समग्रमा हाम्रो टिम पनि राम्रो छ, एक अर्कालाई सपोर्ट गरेर खेल्छौ।’ उनले भने ।

यता, चर्च ब्वाइज पहिलो पटक उपाधि जितेर इतिहास रच्ने सोचका साथ मैदानमा उत्रिने चर्च ब्वाइजका कोच सुमन श्रेष्ठले बताए। उनले एनआरटीलाई प्रमुख प्रतिस्पर्धीको रुपमा लिएको बताउँर्दै प्रतियोगितामा यस्ले जित्ने भन्दा पनि जित्ने मनस्थितीका साथ खेल्ने बताए। ‘एनआरटी राम्रो टिम हो, यो भन्दा अगाडी पनि एनआरटीसग खेलिसकेका छौ।

हामीलाई एनआरटीले जितेको पनि छ’ उनले भने ‘खेल हो, केही भन्न सकिदैन। तर, हामी विनिङ मेन्टालिटीमा खेल्र्छौ। यस पटकको बुढासुब्बाको २५ र्औ सस्करणको ट्रफी हामी लिएर नै जाने सोचका साथ यहाँ आएका र्छौ, राम्रो खेल्र्छौ।’

उनले टिममा केही विदेशी खेलाडी घाइते भएपनि टिम सेट राम्रो भएकोले जित्ने मनस्थितीका साथ खेलाडी मैदानमा उत्रिने बताए। चर्च ब्वाइजका टिम क्याप्टेन अनन्त तामाङले एनआरटी राम्रो टिम भएकोले अरु क्लवहरुको तुलनामा धेरै मेहनत गरेर खेल्ने बताए।

‘एनआरटी राम्रो टिम हो। सेट टिम छ, टिम पर्फमेन्स राम्रो छ। मिडफिल्डर अझ राम्रो छ’ उनले भने ‘अरु क्लवको तुलनामा एनआरटीसग खेल्न हामीले धेरै तयारी गरेर आउनु पर्छ जस्तो लाग्छ।’

माघ १९ गते देखी सुरु भएको प्रतियोगितामा दुई बिदेशी टिमसहित ८ वटा टिम सहभागि थिए। विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ।

IMG_5540