विराटनगर, थ्रीस्टार क्बल विराटनगरमा जारी ९औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पगेको छ।
विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभ७त्रगयतसवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो।
जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे। थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।
दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपुर्ण ढंगले जाली चुमाए। दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो। आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरि अग्रता दोब्बर बनाए। तेस्रो गोल ८१ औं मिनेट भयो। नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चत गरे।
आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १ –१ गोल फर्काए। नवयुगले खेलको ८३औं मिनेटमा गोल गरे। दोस्रो गोल पेलान्टी सटसटआउट बाट आर्मीका निरज चौधरीले गरे।
आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए।
जितसँगै उपाधिको लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुसलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो हाफमा २–० गोलले पछि परेपछि आर्मी दबावमा पर्यो। पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपुर्ण बन्यो। खेल बराबरीमा ल्याउन निकै संघर्ष गर्यो। तर सफल हुन सकेन।
दोस्रोे हाफपछि आक्रमक खेल पस्किएपनि आर्मीले पाएको अवसर खेर फाल्दा सेमिफाइलनबाट घर फर्किन बाध्य भयो। केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन। खेल अवधिभरीमा आर्मी एक दर्जन प्रहार विफल भएको थियो।
आर्मीको कप्तान नवयुग श्रेष्ठको आधा दर्जन प्रहारमा थ्रीस्टारका डिफेन्डर र गोलकिपर बाधक बनेका थिए। आर्मीका फत्तेमान घलेले २२ औं मिनेटमा गरेको प्रहार बारमाथिबाट बाहिरियो।
२८ मिनेटमा आर्मीका कप्तान नवयुग श्रेष्ठले गरेको कडा प्रहार थ्रीस्टारका गोल रक्षक बिवेक मगर बाधक बने। कप्तान श्रेष्ठले गरेको बारम्बारको कडा प्रहार थ्रीस्टारका गोल किपर मगरले बिफल पारिदिए।
५६औं मिनेटमा आर्मीका निरज चौधरीले निकालेको क्रस पासलाई नवयुगले किलियर गर्न नसक्दा गोल हुन सकेन्। निरज चौधरीले ७०औ मिनेटमा डिबक्स भित्रबाट नवयुगलाई निकालिएको बललाई किलियर गर्न सकेनन्।
त्यसपछि आर्मीले कुनै अवसर सिर्जना गर्न नसक्दा उपाधि होडबाट बाहिरियो। प्रतियोगिताको प्लेयर अफ द म्याच थ्रीस्टारका प्रशान्त लाक्सान लिम्बू घोषित भए। उनले नगद ११ हजार पाए।
२०७४ सालमा पनि थ्री स्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–० गोलले हराउँदै उपाधि उचालेको थियो।