एआई (कृत्रिम बुद्धिमत्ता) भनेको के हो?
एआई (Artificial Intelligence - AI) अथवा कृत्रिम बुद्धिमत्ता भन्नाले मानिसको जस्तै सोच्ने, निर्णय गर्ने, समस्या समाधान गर्ने तथा भाषा बुझ्ने र संवाद गर्ने क्षमता कम्प्युटर वा मेशिनमा विकास गरिने प्रविधिलाई जनाउँछ। 

एआईले कसरी काम गर्छ ?
-एआई डाटा, एल्गोरिदम (गणितीय सूत्रहरू) र मेसिन लर्निङको माध्यमबाट काम गर्छ। यसमा कम्प्युटरले ठूलो मात्रामा डाटा संकलन गरेर विश्लेषण गर्छ, तिनबाट नयाँ कुरा सिक्छ र भविष्यमा सही निर्णय लिन सक्षम हुन्छ।

एआईका प्रमुख प्रकारहरू जाे निम्न छन्;
१. नयाँ नयाँ कुरा सिक्ने एआई (Machine Learning - ML)
उदाहरण: फेसबुक, युट्युब वा टिकटकमा तपाईंले हेर्ने सामग्री अनुसार नयाँ सिफारिस (Recommendation) दिने प्रविधि ।
स्वतन्त्र निर्णय गर्ने एआई (Deep Learning)
-उदाहरण: फेस रिकग्निसन (Face Recognition), च्याटबट (Chatbot) र रोबोटहरू ।
स्वचालित प्रणाली (Automation AI)
-उदाहरण: कारखानामा रोबोटहरूद्वारा काम गरिनु, ड्रोनहरूद्वारा डेलिभरी गरिनु।
भाषा बुझ्ने र संवाद गर्ने एआई (Natural Language Processing - NLP)
उदाहरण: चैटजीपीटी, गूगल असिस्टेन्ट, सिरी र एलेक्सा।
एआई कहाँ-कहाँ प्रयोग हुन्छ ?
-स्वास्थ्य (HealthCare) → रोग पत्ता लगाउन, एक्सरे वा एमआरआई रिपोर्ट जाँच्न।
शिक्षा (Education) → अनलाइन कक्षाहरू, स्मार्ट ट्यूटर।
व्यापार (Business) → ग्राहकको आवश्यकता अनुसार विज्ञापन देखाउने।
सुरक्षा (Security) → फेस र फिंगरप्रिन्ट स्क्यानिङ र  साइबर सुरक्षा।
वाहन (Transportation) → स्वचालित कार (Self-Driving Cars)।
मनोरञ्जन (Entertainment) → नेटफ्लिक्स, युट्युब, स्पोटिफाइले मनपर्ने सामग्री सिफारिस गर्नु ।

एआईको फाइदा र चुनौती
 फाइदा:
-छिटो र सही निर्णय लिन सक्छ।
-थकाइ नमान्ने मेशिन, २४/७ काम गर्न सक्षम।
-जटिल डेटा विश्लेषण गर्न सक्छ।
-मानिसले गर्न गाह्रो वा खतरनाक काम गर्न सक्छ (जस्तै: अन्तरिक्ष अनुसन्धान र  गहिरो समुद्री अनुसन्धानहरू )।

चुनौति:
एआईको बढ्दो प्रभावले केही मानिसको रोजगारी गुम्न सक्छ।
गलत सूचना वा पूर्वाग्रह (Bias) समस्या हुन सक्छ।
डाटा सुरक्षासँग सम्बन्धित चुनौतीहरू हुन सक्छन्।

निष्कर्ष;
एआई एक क्रान्तिकारी प्रविधि हो, जसले संसारको हरेक क्षेत्रमा परिवर्तन ल्याइरहेको छ । यदि सही रूपमा प्रयोग गरियो भने यसले जीवनलाई सहज, सुरक्षित र उत्पादक बनाउनेछ । तर, यसको दुरुपयोग रोक्न सचेत रहनु पनि आवश्यक छ।
"एआई प्रविधि भविष्यको हो र अबको संसार एआईबिना कल्पना गर्नै सकिन्न।" अस्तु !

- लेखन तथा प्रस्तुतकर्ता बलराम  राई
- श्राेत विभिन्न विदेशी पत्रिकाबाट।